दिनमा आधा घण्टा संगीत सुन्दा फाइदा

विराटनगर, ४ चैत । मन परेको संगीतले मुडलाई राम्रो बनाउनुका साथै मांसपेशीलाई पनि आराम दिने हुँदा मानिसहरूले निन्द्रा नलागेको बेला, अल्छि लागेको बेलामा, काममा ध्यान केन्द्रित गर्न, तनाव कम गर्न अनी मनोरञ्जनका लागि सुन्ने गरिन्छ ।

संगीतले सोच्ने र स्मरण शक्ति बढाएर स्वास्थ्यमा समेत सुधार ल्याउन सक्ने हुदा दैनिक आधा घण्टा गीत संगीत सुन्ने गर्नु पर्छ ।

संगीतले शारीरिक तथा मानसिक दुखाइमा राहत दिने गर्छ । संगीत सुन्दा शरीरमा कार्टिसोल नामक हर्मोनको मात्रा कम हुने हुदा शरीर तथा मस्तिष्क आराम हुने गर्छ ।

संगीतले दिमागको व्यायाम गराएर तनाव उत्पन्न गराउने हर्मोनलाई उत्पन्न हुनबाट रोक्ने काम गर्छ । संगीतले शरीरको कोषहरुलाई स्वस्थ राख्ने, एक्लोपन हुन नदिने, मस्तिस्कको भागलाई सुधार गरि स्मरण शक्तिलाई पनि तेज बनाउन मद्दत गर्छ ।

नियमित रुपमा बिहान र साँझ केहि समय संगीत सुन्ने बानीले उच्च रक्तचापको, स्ट्रोकको समस्या, मुटु सम्बन्धी रोगको समस्यामा सुधार गरि मुटुलाई बलियो बनाउन सहयोग गर्छ ।

संगीतले मस्तिष्कलाई रिल्याक्स मोडमा लगेर पहिलेको तुलनामा अधिक आशावादी र सकारात्मक महसूस गराउनुका साथै काममा ध्यान नलागेको अवस्थामा एकाग्र बनाएर लामो समय सम्म कुराहरू याद राख्न मद्दत गर्छ ।

Loading...