ओलम्पिक टर्च र्याली खाली रंगाशालाबाट सुरु हुने

विराटनगर, ४ चैत । टोकियो ओलम्पिक २०२० को टर्च ¥यालीको शुभारम्भ खाली रंगाशालाबाट हुने भएको छ ।

आउँदो हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुने र्‍यालीको सुभारम्भ दर्शक नभएको रंगाशालाबाट गर्न लागिएको हो ।
अर्काे महिनाबाट सुरु हुने ओलम्पिक खेल हुने नहुने भन्ने दुविधाकाबीच टर्च र्‍याली भने सुरु गरीने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यस पटकको ओलम्पिकको टर्च –याली दर्शकविहीन स्टेडियमबाट गर्न लागिएको हो ।

यस अघिका सबै टर्च हस्तान्तरणको कार्यक्रममा यसअघिसम्म हजारौं समर्थकको सहभागिता हुने गथ्र्यो ।
ग्रिसमा अहिलेसम्म २ सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

Loading...