नेकपाले थाल्यो एक नम्बर प्रदेशको नामबारे छलफल


विराटनगर , ४ चैत । एक नम्बर प्रदेश सभा संसदिय दल नेपाल कम्युनिष्ट पार्टीले एक नम्बर प्रदेशको नामाकरणा के राख्ने भन्नेबारे छलफल थालेको छ ।

आज मंगलबार बिहानदेखी सुरु भएको एक नम्बर प्रदेश सभाको सबैभन्दा ठूलो र सत्ताधारी दल नेकपाको संसदिय दलको बैठकले प्रदेशको नामाकरणबारे छलफल थालेको हो ।

बैठकमा गहन छलफल गरेर प्रदेशको नामाकरणबारे साझा धारणा बनाउने नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

बैठकमा संसदिय दलको बिद्यान , सरकार र बिषयत समितिको कामको समिक्षा र संसदमा दर्ता भएका बिधेयकबारे पनि छलफल हुनेछ ।

सबैभन्दा ठूलो दल नेकपामा प्रदेशको नामाबारे साझा धारणा बनेमा प्रदेश सभाको जारी हिउँदे अधिबेशनभित्रै एक नम्बर प्रदेशको नामाकरण हुने संभावना बढनेछ ।

एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपाको ६७ काँग्रेसको २१ संघिय समाजबादीको ३ राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ साँसद छन । संबिधानमा व्यवस्था भए अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ ।

एक नम्बर प्रदेशको नाम कोशी , किराँत , किराँत कोशी , किराँत लिम्बुवान , लिम्बुवानकिराँत कोच , सगरमाथा , कोशी सगरमाथा , विराट, मेची वा विजयपुर प्रदेश हुनुपर्ने दल र सांसदहरुले चर्चा गर्दै आएका छन ।

Loading...