प्रदेश २ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत

जनकपुर, ४ चैत । प्रदेश २ को नामका लागि नेकपाले दर्ता गराएको प्रस्ताव अस्वीकृत भएको छ ।

नेकपाले प्रदेश २ को नाम जानकी राख्‍ने प्रस्ताव गरेको थियो । तर मंगलबार भएको मतदानबाट सो प्रस्ताव अस्वीकृत भएको हो ।

मदानका क्रममा प्रदेशको नाम ‘जानकी’ राख्‍ने नेकपाको पक्षमा ३७ मत मात्रै खसेको छ । मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए ।

प्रदेशसभामा नेकपाका ३२ सांसद छन् ।

नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत भएसँगै अब कांग्रेसले राखेको प्रस्तावमाथि मतदान हुनेछ । कांग्रेसले प्रदेश २ को नाम मिथिला– भोजपुरा प्रस्ताव गरेको छ।

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ।

Loading...