मोटोपन घटाउने बेल्टकाे विज्ञापन हेर्नुहुन्छ ? याे पढ्नुहाेस्

टेलिभिजन तथा अनलाइन च्यानलहरूमा मोटोपन घटाउने बेल्टबारे देखाइने विज्ञापनले तपाई हाम्रो ध्यान तानिरहेको हुन्छ ।

विज्ञापनमा सुन्दर शरीर भएका मोडेलहरूको प्रयोग गरेर त्यस्ता तौल तथा पेट घटाउने बेल्टहरू खरिद गर्नका लागि मानिसहरूलाई लोभ्याउने गरिन्छ । तर, हामी यो विज्ञापन मात्र रहेको र शरीरको तौल तथा आकार घटाउन कुनै छोटो विधि हुँदैन भन्ने बुझका छैनौं ।

बिज्ञापनमा स्लिमिङ बेल्टले केहि दिन वा महिनामै जादुमयी तरिकाले व्यायाम नगरी सजिलो तरिकाले तौल घटाउन सकिने देखाएका हुन्छन् ।

कम्प्रेशन बेल्ट एक प्रकारको पेटी हो, जसलाई कम्मरमा बाँध्दा बढेको पेट घट्ने बताइन्छ । सजिलो तरिकाबाट पेट घटाउन चाहना राख्ने व्यक्तिहरू यस्ता विज्ञापनबाट लोभिएर यस्तो प्रकारको बेल्ट प्रयोग गर्ने गर्छन् ।

तर, उक्त पेटीले तौल तथा बढेको पेटलाई घटाउन वास्तममै काम गर्छ भन्ने कुरालाई कमैले मात्रै सोच्ने गर्छन् । धेरै मानिसहरुले यस्तो पेटी प्रयोग गरेपछि पेट घटेको महसुस समेत गर्ने गर्छन् । पेटीले कम्मर तथा पेटमा प्रेसर बढाउने तथा गर्मी बढाउने हुँदा पसिना आउँछ । तर, कम्मर तथा पेटमा कुनै बाक्लो कपडा बाँध्दा पनि पसिना आउनु स्वाभाविक हो ।

स्लिमिङ बेल्टले पेटमा जम्मा भएको बोसोलाई पगालेर पसिनाको रुपमा बगाउँदैन । यसले शरीरमा भएको पानीलाई मात्रै पसिनाका रुपमा बाहिर निकाल्ने काम गर्छ ।

शरीरको तौल घटाउनका लागि पानी हैन बोसो घटाउन आवश्यक हुने धएकाले स्लिमिङ बेल्टको मात्र भर पर्नु हुदैन ।

दैनिक रुपमा व्यायाम गर्दा, जीम जादा, वा अन्य शारीरिक काम गर्दा यस्तो बेल्टहरुलाई प्रयोग गर्दा केही लाभ प्राप्त गर्न सकिन्छ । तौल घटाउनका लागि तपाईंले नियमित रुपमा व्यायाम र खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

Loading...