birat ribon

चितवनमा तीन दिन भित्र ७० शैय्याको अस्पताल

Neuro
चितवनमा तीन दिन भित्र ७० शैय्याको अस्पताल

चितवन,४ चैत । कोरोना भाइरसको त्रास फैलिरहेको अवस्थामा भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा तीन दिन भित्र ७० बेडको अस्पताल बनाइने भएको छ ।

Padelux insider
cura insider

भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइन लागिएको हो ।

भरतपुर महानगरको अगुवाइमा भएको सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग सङ्घ र उद्योग वाणिज्य सघ, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहेका छन् ।

कार्यदलको आजै बसेको बैठकले १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको हाई डिपेन्डेन्ट युनिट (एचडियू) र ५० श्ययाको सामान्य श्यया ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ । रासस

jackson ribon