कोरोनाको उपचारपछि अभिनेता टम ह्यांक्स र उनकी पत्नी घर फर्किए

एजेन्सी, ४ चैत । कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका चर्चित हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नी रिटा विल्सन डिस्चार्ज भएका छन् ।

५ दिनअघि अस्पताल भर्ना भएका टम र उनकी पत्नी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु अहिले अस्ट्रेलियामा घरमै होम क्वारेन्टाइन रहेको बताइएको छ ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफू र आफ्नी श्रीमती रिटा विल्सनलाई रुघा र जोरो आउँदा हुने थकान र शारिरिक पीडा भएपछि कोरोना भाइरसलाई ध्यानमा राख्दै परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ भेटिएको जानकारी दिएका थिए ।

अस्ट्रेलियामा ३ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Loading...