प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न मतदान

जनकपुर, ४ चैत । स्थायी राजधानी र नामको विषय टुंगो लगाउन प्रदेश २ को प्रदेशसभामा मतदान सुरु भएको छ । मंगलबार नाम र राजधानीको टुंगो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि मतदान गरिएको हो ।

नामाका लागि चार पटक मतदान हुनेछ । राजधानी ता्क्न तीन पटक मतदान हुने बताइएको छ ।

प्रस्ताव गरिएको नाम अनुसार छुट्टाछुट्टै मतदान हुने सभामुख सरोज यादवले जानकारी दिए ।

प्रदेशको नामाकरणका लागि सत्तारूढ समाजवादी र राजपाले मधेस, नेकपाले जानकी, कांग्रेसले मिथिला– भोजपुरा र केही सांसदले मध्य मधेश प्रस्ताव गरेका छन् ।

प्रदेशको राजधानी जनकपुरधामलाई राख्ने विषयमा लगभग सहमति भइसकेछ ।

Loading...