भारतमा संक्रमितको उपचार गर्ने डाक्टरलाई कोरोना पाेजेटिभ

विराटनगर, ४ चैत । भारतमा एक चिकित्सकलाई पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

कर्नाटकको कलबुर्गी कोरोना भाइरसको ज्यान गुमाउने वृद्धको उपचार गर्ने एक डाक्टरमा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमितको पहिलो उपचार गरेका एक ६३ बर्षे मेडिकल चिकित्सकलाई कोरोनाको परिक्षण पोजिटिभ आएको हो ।

साउदी अरेबियाबाट फर्केका कलबुर्गीका ७६ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो । ती वृद्धको उपचार गरेका डाक्टर आफै हैदराबादको अस्पतालमा भर्ना भएका छन् ।

उनको परिवार सहित उनको घरमा क्वारेन्टाइनमा राखिएको छ ।

कलबुर्गीमा ३५० जना बढीलाई अब्जरभेसन र ९ जनालाई आइसोलेसनमा राखिएको छ ।

Loading...