‘द राइनोज’ को एक दिवसीय यात्रा

नेपाली राष्ट्रिय क्रिकेट टोली ‘द राइनोज’ र ‘गोखार्ली’ उपनामले परिचित छ ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट राष्ट्रको सदस्यता पाएको नेपालले २८ जुन २०१४ मा टि–२० मान्यता पाएको थियो । आईसीसी टि–२० विश्वकप २०१४ को समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेवापत नेपाललाई आईसीसीले टि–२० मान्यता प्रदान गरेको थियो ।

टि–२० मान्यता पाएको ३ वर्ष ९ महिनापछि नेपालले १५ मार्च २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पायो । एक दिवसीय राष्ट्रको मान्यता पाएसँगै नेपालले टि–२० राष्ट्रको मान्यता पुनः प्राप्त ग¥यो । नेपालले २०१४ मा पाएको टि–२० मान्यता २०१५ को आईसीसी टि–२० विश्वकप छनोटसम्मका लागि मात्र थियो ।

कसरी सम्भव भयो नेपालको ओडीआईसम्मको यात्रा ?

२०१५ को विश्वकपअघि नै २०१९ को क्रिकेट विश्वकपमा दश राष्ट्र मात्र सहभागी हुने प्रस्ताव पारित गरिएको थियो । यसअघिका विश्वकपहरुमा संस्करण अनुसार आठ, नौ, बाह्र, चौध र सोह्र राष्ट्रिय टोलीहरु सहभागी हुँदै आइरहेका थिए ।

अष्ट्रेलिया र न्युजिल्यान्डमा गरी संयुक्त रुपमा आयोजना गरिएको २०१५ विश्वकप क्रिकेटमा भने चौध राष्ट्रहरुलाई सहभागी गराइएको थियो ।

नयाँ संरचनाअनुसार २०१९ विश्वकपमा दश राष्ट्रमात्र सहभागी हुँदै थिए । दश राष्ट्रमध्ये आयोजक राष्ट्र स्वतः प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको थियो ।

२०१७ सेप्टेम्बरमा आयोजना हुने आईसीसी एकदिवसीय च्याम्पिन्समा सहभागी हुने मध्ये उत्कृष्ट सात राष्ट्रहरु मात्र विश्वकपमा सहभागी हुने नियम आईसीसीले बनाएको थियो ।

बाँकी सहभागी हुने दुई राष्ट्रको टुङ्गो भने विश्वकप छनौट प्रतियोगिताबाट लगाईने व्यवस्था आईसीसीले गरेको थियो ।

आईसीसीले एक दिवसीय च्याम्पियन्स २०१५ मा सहभागी हुने देशको संख्या बढाएर १२ पु¥याएपछि अफगानिस्तान र आयरल्यान्डले पहिलोपटक आईसीसी एकदिवसीय च्याम्पियन्स खेलेको थियो ।

dsf

२०१७ मा आईसीसीले अफगानिस्तानलाई ११ औं र आयरल्यान्डलाई १२ औं टेस्ट राष्ट्रको मान्यता दिएपछि विश्वकप झनै रोमाञ्चक बन्यो । रोमाञ्चक यस अर्थमा कि पहिलोपटक दुई टेस्ट मान्यता राष्ट्रहरुले विश्वकपमा खेल्न अवसर नपाउन सक्ने अवस्था सिर्जना हुन सक्ने थियो । यसले गर्दा विश्वकप खेल्ने टेस्ट राष्ट्रहरुमा प्रतिस्पर्धा अझै बढ्ने निश्चित थियो भने अन्य राष्ट्रहरुले दोब्बर मिहिनेत गर्न जरुरी थियो ।

२०१९ को विश्वकप खेल्नका लागि एकदिवसीय च्याम्पियन्समा सहभागी हुने मध्येका पुछारका चार राष्ट्रहरुले आईसीसीका अन्य दुई प्रतियोगिताका शीर्ष राष्ट्रसँग छनौट प्रतियोगिता खेल्न पर्थ्यो ।

पुछारका चार राष्ट्रहरुले २०१५–१७ आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सका शीर्ष चार राष्ट्र र २०१८ आईसीसी विश्व क्रिकेट डिभिजन–२ का शीर्ष स्थानका दुई राष्ट्रसँग छनौट प्रतियोगिता खेल्नुपर्ने थियो । यसको अर्थ कम्तिमा पनि दुई एसोसिएट राष्ट्रहरुले उत्कृष्ट प्रर्दशन गरेमा विश्वकप खेल्ने सक्ने अवसर थियो ।

२०१८ आईसीसी विश्व क्रिकेट डिभिजन–२ को फाइनल खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) भिड्दै थिए । खेलमा नेपाल युएईसँग सात रनको झिनो अन्तरले पराजित त भयो तर आईसीसी क्रिकेट विश्वकप २०१९ छनौट प्रतियोगिताको लागि भने छनौट भयो ।

विश्वकप खेल्ने झिनो आशा र ठूलो सपना बोकेर नेपाली टोली २०१८ को मार्च महिनामा आयोजित आईसीसी क्रिकेट विश्वकप २०१९ छनौट प्रतियोगिता खेल्न जिम्बाबे पुग्यो ।

छनौट प्रतियोगितामा आईसीसी एकदिवसीय च्याम्पिन्स प्रतियोगितामा पुछारमा रहेका वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्यान्ड सहभागी थिए ।

२०१५–१७ आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सका शीर्ष चार राष्ट्र नेदरल्यान्डस्, स्कटल्यान्ड, हङकङ र पपुवा–न्यूगिनी सहभागी भएको छनौट प्रतियोगितामा २०१८ आईसीसी विश्व क्रिकेट डिभिजन–२ का शीर्ष दुई राष्ट्रका रुपमा नेपाल र युएई पनि सहभागी भयो ।

प्रतियोगितामा नेपालले समूह चरणमा जिम्बाबे, स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा ग¥यो । लगातार तीन खेलमा पराजित रहेको नेपालले अन्तिम खेलमा हङकङलाई पराजित ग¥यो । हङकङलाई पराजित गरेको नेपालले ‘प्ले अफ’मा भने आफ्नो स्थान सुरक्षित बनायो ।

‘प्ले अफ’मा पुगेका चार टोलीमध्ये तीन राष्ट्र मात्र ओडीआई मान्यताको दावेदार थिए । १५ मार्च २०१८ मा भएको ‘प्ले अफ’ मा नेपालले पपुवा–न्यूगिनीलाई ६ विकेटले पराजित गर्यो ।

त्यही दिन नै सम्पत्र दोस्रो ‘प्ले अफ’ मा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालका लागि त्यो ऐतिहासिक उपलब्धि हासिल सम्भव भएको थियो । नेपालसँगै नेदरल्यान्ड, युएई र स्कटल्यान्डले ओडीआई मान्यता पाए ।

कस्तो रह्यो नेपालको दुई वर्ष ?

आईसीसीले ३ मार्च, २०२० मा जारी गरेको विश्व ओडीआई वरियतामा नेपाल १६औं स्थानमा छ । अघिल्लो वरियतासँग यसलाई दाँज्ने हो भने नेपाल एक स्थान तल खस्केको हो ।

नेपालले पाएको ओडीआई मान्यता सधैंको लागि होइन् । नेपालको ओडीआई मान्यता २०२२ सम्म मात्र लागु हुनेछ । यसको अर्थ नेपालले ओडीआई राष्ट्रको मान्यता जोगाइराख्न भरपुर मेहनत गर्न आवश्यक छ ।

बितेको दुई वर्षलाई हेर्ने हो भने, नेपालले दश एकदिवसीय खेल मात्र खेलेको छ । जुन एकदमै थोरै हो । पाँच खेलमा जित र पाँच खेलमा नै हारसहित मिश्रित नतिजा आत्मसाथ गरेको नेपालको प्रदर्शन भने सन्तोषजनक रहेन ।

१ अगस्ट २०१८ मा नेपालले नेदरल्यान्डविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गर्यो । ४७.४ ओभर खेल्दै नेदरल्यान्डले दिएको १ सय ८९ रनको लक्ष्य नेपालले भेट्न सकेन ।

कमजोर ब्याटिङका कारण डेब्यु खेलमा नै नेपाल ५५ रनले पराजित हुन पुग्यो । ज्ञानेन्द्र मल्लले ६१ बलमा ५१ र दिपेन्द्र सिंह ऐरीले ४८ बलमा ३३ रन बनाउनबाहेक अन्य ब्यास्ट्समेनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

कप्तान पारस खड्काले ४ विकेट, सोमपाल कामीले ३ विकेट, करण केसी, सन्दिप लामिछाने र वसन्त रेग्मीले समान एक–एक विकेट लिएपनि नेपालको हार्न टार्न सकेनन् ।

दुई दिनपछि नै सम्पत्र दोस्रो खेलमा एक रनको रोमान्चक जित हात पार्दै नेपालले दुई खेलको श्रृंखला १–१ को बराबरीसहित अन्त्य ग¥यो । नेदरल्यान्डविरुद्धको रोमान्चक जित नै ओडीआईमा नेपालको पहिलो जित बन्यो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ४८.५ ओभरमा १० विकेटको क्षतिमा २ सय १६ रन बनाउन सफल भयो । नेपालका लागि सोमपाल कामिले ४६ बलमा ६१ रन र कप्तान पारस खड्काले ६९ बलमा ५१ रनको बनाउनबाहेक अन्य खेलाडीहरु चलन सकेनन् ।

जवाफी ब्याटिङमा आएको नेदरल्यान्डले ५० ओभर पूरा खेल्दै ९ विकेटको क्षतिमा २१५ रनमा मात्र बनाउन सक्यो । जितका लागि नेदरल्यान्डलाई अन्तिम ओभरको ६ बलमा ६ रन नै आवश्यक थियो ।

बलिङका लागि आएका कप्तान खड्काले अन्तिमा ओभरमा ४ रन दिँदै एक विकेट लिए र नेपाललाई ऐतिहासिक उपलब्धि दिलाए ।

ऐतिहासिक एक दिवसीय जितले हौसिएको नेपाल एशिया कप छनौट खेल्न मलेशिया पुग्यो । अगस्ट ३० मा यूएईविरुद्ध मैदान उत्रिएको नेपाल ७८ रनले पराजित भयो ।

२०१९ जनवरीमा युएईको भ्रमणमा निस्किएको नेपालले युएईविरुद्ध तीन एक दिवसीय खेल खेल्यो । जनवरी २५ मा भएको तीन खेलको ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमै नेपाल युएईसँग ३ विकेटले पराजित हुन पुग्यो ।

जनवरी २६ मा भएको दोस्रो खेलमा १ सय ४५ रन र २८ जनवरीमा भएको तेस्रो खेलमा ४ विकेटले युएईलाई पराजित गर्दै युएईविरुद्धको तीन एक दिवसीय सिरिज नेपालले २–१ ले जित्दै इतिहास रच्यो ।


अघिल्लो महिना नेपालले घरेलु मैदानमा आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग २–२ खेल खेल्यो ।

पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित हुँदा दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्यो ।

तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको नेपालले अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्यो ।

ओडीआईपछिको सफलता

दुई वर्षमा १० एक दिवसीय खेल खेलेको नेपालको तर्फबाट केही रेकर्डहरु बने । युएईसँग तीन ओडीआई सिरिज नेपालले २–१ ले जित्यो र एकदिवसीय सिरिज जितेको ऐतिहासिक रेकर्ड बनायो ।

युएईविरुद्धको दोस्रो खेलमा रोहित कुमार पौडेलले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको कीर्तिमान तोड्दै ओडीआईमा सबैभन्दा कम उमेरमा अर्ध शतक बनाउने खेलाडी बने ।

सोही खेलमा सोमपालले पाँच विकेट लिँदै एकदिवसीय क्रिकेटको एकै खेलमा सवार्धिक विकेट लिने नेपाली खेलाडीको रेकर्ड बनाए ।

युएईविरुद्धको तेस्रो तथा सिरिजको अन्तिम खेलमा नेपालका कप्तान पारस खड्काले ऐतिहासिक शतक बनाए । १ सय ९ बलको सामना गरेका खड्काले १ छक्का र १५ चौकाको मद्दतमा १ सय १५ रन बनाउँदै ओडीआई खेलमा शतक बनाउने पहिलो नेपाली खेलाडीको रेकर्ड बनाए ।

कीर्तिपुरस्थित टीयु मैदानमा युएईविरुद्ध सिरिज खेल्दै नेपालले घरेलु मैदानमा ओडीआई डेब्यु ग¥यो । सिरिज खेलिएको टीयु क्रिकेट मैदानले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता समेत पायो ।

विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमा रोक्दै ओडीआई क्रिकेट खेलमा कम योगफलमा रोक्ने र कम बलमा अल आउट गर्ने विश्व कीर्तिमान समेत नेपालले आफ्नो नाममा लेखायो ।

युवा स्पिनर सन्दिप लामिछाने एक्लैले अमेरिकाविरुद्धको खेलमा ६ विकेट लिए । उनले सोमपाल कामीले बनाएको रेकर्ड तोड्दै आफ्नो नाममा लेखाए र पहिलोपटक ओडीआई वरियतामा समावेश पनि भए ।

सबैभन्दा कम उमेरमा ओडीआईमा अर्धसतक बनाउने रोहित पौडेलको कीर्तिमानलाई अर्का नेपाली खेलाडी कुशल मल्लले टीयु मैदानमा नै तोडे र कीर्तिमानलाई आफ्नो नाममा पारे ।

प्रस्तुती : शिवहाङ राई

Loading...