कोरोना संक्रमणका कारण स्पेनीश फुटबल प्रशिक्षकको मृत्यु

एजेन्सी, ४ चैत । कोरोना संक्रमणका कारण स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु भएको छ ।

एट्लेटिको पोर्टडा अल्टाको जुनियर टोलीका प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

भाइरसको लक्षण देखिएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएका फ्रान्सिस्कोमा ल्यूकेमिया र ब्लड क्यान्सर जस्ता घातक रोग पनि पत्ता लागेको थियो ।

घातक रोगबाट ग्रसित भएपति उनको मृत्यु कोरोना संक्रमण कै कारण भएको डाक्टरहरुले बताएका छन् ।

२१ वर्षीय फ्रान्सिस्को कोरोना संक्रमणको कारण युरोपमा मृत्यु हुने मध्येका सम्भवतः सबैभन्दा कम उमेर व्यक्ती हुन् । उनी बसोबास गर्ने मालागामा कोरोना संकक्रमणका कारण मर्ने पाँचौ व्यक्ति पनि हुन् ।

कोरोना प्रकोपका कारण स्पेनमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । युरोपमा कोरोना संक्रमणको कारण ईटालीपछि सबैभन्दा बढी प्रभावित देश स्पेन हो ।

८ हजार संक्रमित भेटिएको स्पेनमा २ सय ९७ जनाको मृत्यु भइसकेको छ ।

Loading...