कोरोना प्रकोप : भारतमा थप एकजनाको मृत्यु, १३ जना उपचारपछि घर फर्किए

विराटनगर, ४ चैत । कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । भारतको महाराष्ट्रको राजधानी मुम्बईको कस्तुर्व अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

मुम्बईमा भने कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

भारतमा कोरोनाको संक्रमणबाट पहिलो पटक कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुष र दिल्लीमा ६८ वर्षीय महिलाको मृत्यु भएको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोनाको संक्रमण पाइएको छ भने अहिलेसम्म भारतमा १ सय २५ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। जस मध्ये १३ जना उपचारपछि घर फर्किएका छन् ।

Loading...