थकाइ हटाउन यसो गर्नुहोस् !

थकाइ हटाउनका लागि मानिसको जीवनमा खाना, पानी, निन्द्राले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मौसम परिवर्तन भए संग थकाइको महसुस सुरु हुन थाल्छ ।

शरीरमा उर्जाको कमी हुँदा, निन्द्रा नपुग्दा, धेरै शारीरिक परिश्रम गर्दा थकाइ लाग्न सक्छ । कहिले क्षणभरका लागि मात्र लाग्ने थकाइ लामै समयसम्म रहन सक्ने हुँदा जीवनशैलीमा परिवर्तन आउन सुरु हुन सक्छ ।

थकाइ लग्न बाट बच्नका लागि जीवनशैली तथा दैनिक क्रियाकालापमा ध्यान पुर्‍याउनु पर्छ ।

धेरै जसोलाई निन्द्रा नपुगेको कारणले काम गर्न अल्छि लाग्ने गर्छ । राम्रो निन्द्राले शरीरलाई आराम दिएर शरीरको विभिन्न अंगहरुलाई सक्रिय राख्न मद्दत गर्ने हुदा दैनिक समयमा सुतेर ७ देखि ८ घण्टा निदाउनु जरुरी हुन्छ ।

समयमा सुतेर निन्द्रा पुग्दा थकाइमात्र कम नभई शरीरमा लाग्ने विभिन्न रोगहरुबाट पनि छुटकारा पाउन सकिन्छ ।

पर्याप्त निन्द्रामा साथै पर्याप्त मात्रामा पानी पिउन पनि आवश्यक हुन्छ । स्वास्थ्य रहनका लागि र थकान हटाउनका लागि दिनहुँ ८ देखि १० गिलास तथा सो भन्दा धेरै पानी पिउनु पर्छ ।

पर्याप्त मात्रामा पानी पिउँदा रगतमा पानीको मात्रा पर्याप्त हुन हुन्छ । जसले छाला, मुटु तथा पेट सम्बन्धि रोगबाट बचाउने गर्छ ।

त्यस्तै, थकान हटाउनका लागि प्रशस्त मात्रामा प्रोटीनयुक्त खानामा जोड दिन आवश्यक छ ।

मौसम अनुसारको फलफूल, तरकारी एवं सलादलाई पनि खानामा समावेश गर्नु पर्छ । कार्बोहाइडेट, अधिक तेल भएको , जंक फुड, प्याकेटका खानेकुरा तथा मासुजन्य खानाले भोक मेटाए पनि थकाइ बढाउने हुदा खानपानमा सतर्कता अपनाउन जरुरी छ ।

Loading...