कोरोना प्रकाेप : भारतमा ११४ मा संक्रमण, ताजमहल बन्द

विराटनगर, ४ चैत । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतको प्रतिष्ठित स्मारक ताजमहल बन्द गरिएको छ ।

ताजमहल भम्रणका निम्ति हरेक दिन हजारौं मानिस पुग्ने गरेका छन् । तर कोरोना भाइरसका कारण ३१ मार्चसम्म बन्द गरेको हो ।

अवस्था हेरेर ३१ मार्च पछि खोल्ने वा थप समयका लागि बन्द गर्ने विषयमा छलफल हुने संस्कृति मन्त्री प्रह्लाद पटेलले बताएका छन् ।

ताजमहल विश्वको अग्रणी पर्यटन आकर्षण मध्ये एक हो । महलमा दैनिक ७० हजार मानिसहरूले भम्रण गर्ने गरेका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण भारतमा दुई जनाको मृत्यु भईसकेको छ । संक्रमितको संख्या १ सय १४ पुगेको छ ।

ताजमहल बाहेक भारतस्थित अन्य स्मारक, संग्रहालय र सम्पदा भवनहरू पनि बन्द गरेको छ ।

Loading...