अमेरिकाले बनाएको कोरोनाको भ्याक्सिनको पहिलो परिक्षण जेनिफरमा

एजेन्सी । अमेरिकाले बनाएको कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन परीक्षण गरिएको छ । बीबीसीका अनुसार पहिलो भ्याक्सिन सोमबार ४३ वर्षीया जेनिफर हेलर नामकी महिलालाई दिइएको छ ।

वासिङटनस्थित सिएटलको काइसर पर्मारेन्टे रिसर्च इन्स्टिच्युटले चार कोरोना संक्रमितलाई भ्याक्सिन परीक्षणका लागि दिएको थियो । यो भ्याक्सिनले काम गरे–नगरेको पत्ता लगाउन थुप्रै महिना लाग्न सक्ने विज्ञ बताउँछन् । विश्वकै अनुसन्धानकर्ताहरु फाष्ट ट्रयाकबाट यसको अनुसन्धान गरिरहेका छन् ।

Loading...