पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ । साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँयाका दरले घटाएको निगमले जनाएको छ । यस्तै आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार गए रातिदेखि लागू हुने गरी उक्त मूल्य घटाइएको हो । निगमका अनुसार, काठमाडौँमा पेट्रोलका खुद्रा बिक्री मूल्य १०६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ९५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ । निगमका अनुसार हवाई इन्धन प्रतिलिटर ९० कायम हुनेछ ।

Loading...