भारतमा क्रिकेट ठप्प, बीसीसीआईका कर्मचारीले घरबाटै काम गर्ने

काठमाडौं, ४ चैत । भारतभर सम्पूर्ण क्रिकेटका कार्यक्रम स्थगित भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको असरका कारण बै खेल स्थगित गरेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले जनाएको छ । बोर्डले आफ्नो कार्यालय पनि अनिश्चितकालका लागि बन्द गरेको छ ।

बीसीसीआईको मुख्यालयले सबै कर्मचारीलाई मङ्गलबारदेखि अनिश्चितकालका लागि बिदा दिएको भारतीय सञ्चारमाध्यमले लेखोका छन् । कर्मचारीलाई कार्यालय नआउन आग्रह गर्दै घरबाटै काम गर्न निर्देशन दिएको छ ।

आइपीएल समेत नहुने भएपछि भने विश्व क्रिकेटमै ठूलो घाटा लागेको छ ।

Loading...