कोरोना रोक्न युरोपेली यूनियनका नेताहरुबीच भिडियो कन्फरेन्स

एजेन्सी । आज यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स हुने भएको छ । कोरोनाभाइरस संक्रमण थप फैलिनबाट रोक्ने र संक्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ भिडियो कन्फरेन्स हुन लागेको हो ।

यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले एक ट्वीटमार्फत भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस संक्रमण र औषधीबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने संभावित नतिजालाई सिमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्ने उल्लेख गरेका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकका नेताहरूबीच यस्तै सम्मेलन गत आइतबार भएको थियो ।

Loading...