मातातीर्थ–भक्तपुर प्रसारण लाइन बन्ने निश्चित

काठमाडौँ, ४ चैत । सबस्टेसन निर्माणका कारण अलपत्र चोभार–खोकना–चापागाउँ १३२ केभी प्रसारण लाइन बन्ने निश्चित भएको छ । ललितपुरको खोकना र चापागाउँवासीको अवरोधका कारण भक्तपुरसम्म विद्युत् लैजाने उक्त प्रसारण लाइन करिब २० वर्षदेखि अलपत्र थियो ।

ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सबस्टेसन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत् पु¥याउने योजना अघि सारेको थियो तर सबस्टेसन निर्माणका लागि जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सबस्टेसन बन्ने निश्चित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...