प्रदेशसभा बैठक : प्रतिपक्षीले माग्यो मन्त्रीको राजीनामा

विराटनगर, ३ चैत । १ नम्बर प्रदेश सभाकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रीकाे राजीनामा माग गरेकाे छ ।

सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले झुट बोल्ने मन्त्रीकाे राजीनामा माग गरेका हुन् ।

फाुगन तेस्रो साता सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालसहित चारवटा अस्पतालमा २८ वेडसहितको आइसोलेशन वार्ड तयार भएको बताएका थिए । तर कोशी अस्पतालमा आइसोलेसन वार्ड निर्माणको क्रममा छ ।

मन्त्रीले सदनमै झुट बोलेको बताउँदै सचेतक कार्कीले नाम उल्लेख नगरी राजिनामा माग गरेका हुन् ।

कोरोना भाइरसको पूर्व तयारी र संघले प्रदेशको अधिकार खोस्न खोज्दा प्रदेश सरकार बोल्नन नसकेको उनकाे आरोप लगाए ।

‘प्रदेश सरकारले जनताले बगाएको रगतमा किन खेलबाड गर्दैछ ? मैले यो सरकारलाई प्रश्न गर्नुपर्ने छ ।’ उनले भने ‘ आफ्नो अधिकार खोज्न नसक्नेले अरुको अधिकार दिलाउन सक्दैन भने बस्नुको कुनै अर्थ छैन् । झुट बोल्ने मन्त्रीले राजिनामा दिनुपर्छ ।’

शुन्य समयमा बोल्ने क्रममा प्रदेश सरकारका मन्त्रीले पूर्व तयारीका नाममा सदनमा सिगान पुछ्न सिकाएको गुनासो गरे । यस अघि उनले भने ‘आज कोरोनाको बारेमा बोल्दिन,बोल्यो भने मन्त्री जी फेरी आएर सिँगान पुस्न सिकाउनु हुन्छु, कोसी अस्पतालमा आइसुलेसन वार्ड राखेको भन्नुहुन्छ तर सामान्य ज्वरो आएर जाँदा समेत रेफर भएरै जानु पर्छ ।

Loading...