अभिनेत्री ओल्गालाई कोरोना भाइरस संक्रमण

एजेन्सी, ३ चैत । जेम्स बन्ड शृंखलाको क्वान्टम अफ सलिस फिल्ममा अभिनय गरेर चर्चा कमाएकी अभिनेत्री ओल्गा कुरिलेन्कोलाई कोरोना भाइरस संक्रमण भएको छ ।

४० वर्षको उमेर रहेकी उनले आफ्नो इन्सटाग्राममार्फत हिजो राति आफूलाई कोरोना संक्रमण भएको पुस्टि गरेकी हुन् ।

‘झण्डै एक हप्तादेखि बिरामी रहेको र उनमा देखिएको मुख्य लक्षण ज्वरो र थकान रहेको छ ।

उनी कैयौं दिनदेखि सेल्फ आइसोलेसनमा राखेको कारण “घरमै बन्द’’ रहेको भन्दै उनले आफ्नो तस्बिर पोस्ट गरेकी थिइन् ।

आफूलाई संक्रमण भएको जानकारी दिँदै ओल्गाले यो भाइरसलाई गम्भीरतापूर्वक लिन र आफ्नो ख्याल राख्न आग्रह गरेकी छन् ।

Loading...