‘परदेशी २’ मा दिलीप रायमाझीको प्रवेश

विराटनखगर, ३ चैत । शिवरात्रिको अवसर पारेर छायांकन सुरु गरिएको फिल्म ‘परदेशी २’ मा दिलीप रायमाझीको प्रवेश भएको छ ।

फिल्मका मुख्य अभिनेता प्रकाश सपुतले आफ्नो फेसबुकमा पोष्ट गर्दै दिलीपले पनि फिल्ममा अभिनय गर्न लागेको बताएका हुन् ।

दिलीप फिल्ममा अतिथि भूमिकामा प्रस्तुत हुनेछन् ।

आफ्नो आइडलसँग स्कृन सेयर गर्ने मौका पाएकोमा सुटिङ हुँदा घरी–घरी रियल भइरहेको वा गहिरो निद्रामा रहेको भन्दै दीलिपसँगको फोटो पोष्ट गर्दै प्रकाश लेख्छन् ।

नारायण रायमाझीको निर्देशनमा बनिरहेको फिल्ममा प्रकाशका साथ प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रकाशका भाई देवेन्द्र बब्लु, अभिनेता नीर शाह पनि प्रमुख भूमिकामा छन् ।

‘परदेशी २’को छायांकन अहिले पोखरामा चलिरहेको छ ।

फिल्मको प्रदर्शन मिति आउँदो वर्षको दशैंलाई तोकिएको छ ।

‘परदेशी’को दोस्रो सिरिजको रुपमा तयार हुँदै गरेको फिल्म रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथाव्यथामा आधारित रहेको बताइन्छ ।

वि.स २०७२ सालमा रिलिज भएको फिल्म परदेशीले दर्शकको मन जित्न सफल भएपछि ‘परदेशी २’ बन्न लागेको हो ।

Loading...