‘केजिएफ २’को प्रदर्शन मिति सार्वजनिक

विराटनगर, ३ चैत । बक्सअफिसमा राम्रो कारोबार गरेको कन्नड सिनेमा ‘केजिएफ’को सिक्वल दर्शकका लागि प्रतीक्षित सिनेमामध्ये एक हो ।

सर्वाधिक महंगो बजेटमा निर्माण भएको ‘केजिफ २’ले रिलिज मिति घोषणा गरेको छ ।

निर्माण पक्षले आउँदो २३ अक्टुबरमा फिल्मलाई रिलिज गर्ने तय गरेको छ । निर्माण टिमले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

कन्नडसहित हिन्दी, तेलेगु, तमिल, मलायालम गरी सिनेमा एकसाथ पाँच भाषामा रिलिज हुने भएको छ ।

प्रशान्त निलको निर्देशनमा तयार भएको फिल्ममा यश, श्रीनिधि शेट्टी, संजय दत्त तथा रविना टन्डनको मुख्य भूमिका रहेको छ ।

फिल्ममा संजय भिलेनको भूमिकामा छन् भने रविनाले उक्त फिल्मबाट कमब्याक गरेकी हुन् ।

लगभग ८० करोड भारूको महंगो बजेटमा तयार भएको फिल्मले २५० करोड भारू कमाइ गर्ने अनुमान लगाइएको छ ।

Loading...