सुनको मूल्य बढ्यो, तोलाको ७७ हजार पाँच सय

काठमाडौं, ३ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्यमा केही वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज तोलामा ५ सयले बढेर ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...