फिल्म हलहरू बन्द नगर्ने चलचित्र संघको निर्णय

काठमाडौं, ३ चैत । नेपालका फिल्म हलहरू बन्द नहुने भएका छन् ।

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएर सभा, समारोह तथा भिड भाडमा सहभागी नहुन अपिल गरे पनि नेपालका फिल्म हलहरू भने बन्द नगर्ने निर्णय गरिएको हो ।

आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेको छ ।

देशभर सञ्चालन भइरहेका सयबढी हल प्रभावित हुने सम्भावना बढेकाले हलहरू बन्द नगर्ने निर्णय गरिएको संघका सदस्य गोपालकाजी कायस्थले जानकारी दिएका हुन् ।

उनले कोरोना भाइरसका कारण फिल्म हलहरुको व्यापारमा असर पुगेको हुँदा सरकारलाई कर मिनाहासहित राहत दिन आग्रह गरिएको बताए ।

आइतबार बसेको संघको बैठकले तत्कालको अवस्थामा फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेको हो ।

यसअघि फिल्म हल सञ्चालकहरूलाई बोलाएर सतर्कता अपनाएर हल सञ्चालन गर्न आग्रह गरिएको थियो ।

नेपाल चलचित्र निर्माता संघले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमण रोकथामका लागि सतर्कता अपनाउन सम्पूर्ण फिल्महरूको सुटिङ तत्काल स्थगित गर्न आह्वान गरिसकेको छ ।

Loading...