कोरोनाका कारण मोरङ कांग्रेसको बैठक अनिश्चित

विराटनगर, ३ चैत । कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगन भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो ।

घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे निर्णय गरेको बताउँदै भने,‘कोरोना संक्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन र स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो ।’ कांग्रेसले रोगबारे मानिसहरुमा फैलिएको त्रास र बजारमा देखिएको सामानको अनधिकृत मूल्यवृद्धि रोक्न सरकारले चासो दिन पनि आग्रह गरिएको सचिव घिमिरेले बताए ।

कांग्रेसले समेत आफ्ना भ्रातृसंगठनमार्फत कोरोनाबारे जनचेतनालगायत कार्यलाई भने निन्तरता दिने तयारी थालेको घिमिरेले जानकारी दिएका छन् ।

Loading...