लुम्लेलाई केन्द्र विन्दू बनाएर भूकम्प, स्थानीय त्रसित

कास्की, ३ चैत । कास्कीको लुम्लेलाई केन्द्र विन्दू बनाएर आइतबार राती पाँच म्याग्निच्यूटको भूकम्प गएको छ । राती पौने ९ बजे भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पका कारण स्थानीय त्रसित बनेका थिए ।

कास्की, स्याङ्जा, पर्वत, वाग्लुङ, गुल्मी, तनहुँ र चितवनसम्म भूकम्पको ठूलो झड्का महसुश गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण पनि प्राप्त भएको छैन ।

Loading...