एसइईको हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष

काठमाडौं, ३ चैत । माध्यमिक शिक्षा परीक्षा, (एसइई) को हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष निर्माण हुने भएको छ । ६ चैतदेखि सुरु हुने एसइई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ ।

शिक्षा र स्वास्थ्यमन्त्रीको केही दिनअघि बसेको बैठकले हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय पनि गरिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट खटिने स्वास्थ्यकर्मीले परीक्षार्थीलाई जाँच गर्दा रुघा, ज्वरो देखिएमा आइसोलेसन कक्षमा राखेर परीक्षा दिने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । यस वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Loading...