आईपीएल छोट्याउनु पर्छ : गांगुली

एजेन्सी, ३ चैत । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले इण्डियन प्रिमियर लिग (आईपीएल) छोट्याउनु पर्ने बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) का कारण १७ दिन पछाडि सरेकाका कारण आईपीएल छोट्याउनु पर्ने उनको भनाइ छ ।

२९ मार्चबाट सुरु हुने भनिएको आईपीएल १७ दिन पछाडि धकेलिएर १५ अप्रिलबाट सुरु हुने भएको छ ।

उक्त नयाँ मितिमा पनि शंका रहेको गांगुलीले बताए ।

उनले मार्च महिनाको अन्तिमसम्म भाइरसको प्रकोपलाई हेरेर थप निर्णय लिने पनि बताएका छन् ।

उनले आईपीएल छोट्याउने विषयमा छलफल भइरहेको बताउँदै भने, ‘त्यसैपनि १५ दिन ढिलो हुनेछ । त्यसैले आईपीएल छोट्याउनु पर्छ । तर, कति दिन छोट्याउने भनेर अहिले नै भन्न सक्ने अवस्था छैन ।’

Loading...