नेप्से कारोबार चार बजेसम्म

काठमाडौं, २ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि कारोबारको समयमा एक घण्टा थप गरिएको छ ।
नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ ।

बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म पुर्याएको हो ।

नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोेबार समय परिक्षणकोे रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताए ।

Loading...