पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्ध विच्छेद

काठमाडौं, २ चैत । पूर्व मिस नेपाल उषा खड्गीले आफ्ना श्रीमान् जीपी तिमिल्सिनासँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी छन् । उनले एक टिभीसँगको कुराकानीमा ‘डिभोर्स’ गर्ने निर्णय लिएको बताएकी हुन् ।

सन् २००० की मिस नेपाल उषा र जीपीको चिनजान १९ वर्षअघि भएको थियो । उषाले मिस नेपालको उपाधि जित्दा जीपी तिमिल्सिना टेलिभिजन प्रस्तोता थिए ।

त्यसपछि एक अर्काको प्रेममा परेका उनीहरूले दुई वर्षपछि बिहे गरेका थिए । तर, अब १७ वर्षपछि उनले श्रीमानसँगको सम्बन्ध विच्छेद गर्ने निर्णय लिएकी हुन् ।

विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले अन्तर्वार्ताका क्रममा बताएकी छन् ।

वैवाहिक सम्बन्धका क्रममा झेलेको हिंसाको प्रसंगमा खड्गी भक्कानिएकी छन् ।

Loading...