सौन्दर्यमा निखार ल्याउन अंगुर, यस्ता छन् यसका अन्य फाइदाहरू

विराटनगर, २ चैत । अंगुरको सिजन सुरु भइसकेको छ । अंगुरको नियमित सेवनका सुन्दरतासँगै स्वास्थ्यमा समेत धेरै फाइदाहरू छन् ।

अंगुरमा भिटामिन, पोटाशियम, आइरनसहितका प्रशस्त मात्रामा चिनी, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइड लगायतका पौष्टिक तत्व पाइन्छ ।

अंगुरको नियमित सेवनबाट छालाको घाउ, खटिरा निको पारेर सौन्दर्यमा निखार आउँछ ।

अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रालाई बढाएर रगत जम्नबाट रोकी हृदयघातको खतराबाट पनि जोगाउन मद्दत गर्छ ।

अंगुरको सेवनले पाचन प्रक्रियामा मद्दत गर्ने हुँदा कब्जियत, अपच जस्ता पेटसम्बन्धी समस्याबाट टाढा राख्न सहयोग गर्छ ।

अंगुरको सेवन गर्नाले शरीरको खराब कोलेस्टेरोल कम गरी किड्नीको समस्या तथा युरिक एसिड कम गर्न सहयोग गर्दछ ।

अंगुरको सेवन शरीरलाई चिसो लग्नबाट बचाएर रुघाखोकीबाट छुट्कारा पाउन, बृद्ध अवस्थामा हुने मांसपेशीसम्बन्धीको समस्या, मोतिबिन्दु तथा क्यान्सरमा समेत उपयोगी मानिन्छ ।

एक अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सरलाई रोकथाम गर्न मद्दत गर्छन् ।

अंगुरको जुसको सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले माइग्रेनको समस्यालाई समाधान गर्न मद्दत पुर्‍याउँछ ।

अंगुरलाई विभिन्न रूपमा प्रयोग पनि गर्न सकिन्छ ।

यसको फल, वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेल तथा औषधिलगायतका धेरै चिजहरु बनाउने काममा प्रयोग गरिन्छ ।

यसमा प्रसस्त मात्रामा चिनी पाइने हुदा मधुमेहको समस्या भएका मानिसहरूले यसको सेवनमा एकदम ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

मधुमेहका बिरामीहरूले आफ्नो डाइट चार्ट अनुसार दिनमा ५ देखि ५ दाना अंगुरको सेवन गर्न सक्छन् ।

Loading...