birat ribon

मास्कमा कालोबजारी : लुकाएर राखिएको ७८ हजार मास्कसहित आठ जना पक्राउ

Neuro
मास्कमा कालोबजारी : लुकाएर राखिएको ७८ हजार मास्कसहित आठ जना पक्राउ

काठमाडौं, २ चैत । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् ।

Padelux insider
cura insider

प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरूलाई पक्राउ गरी लुुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको हो । उनीहरूले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ डल्लु आवसमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट उक्त परिमाणको मास्क बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । उनीहरुलाई कालोबजारी ऐनअन्र्तगत कारवाही गर्ने प्रहरीले जनाएको छ । रासस

jackson ribon