मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्‍त्रीको बढ्यो सक्रियता

काठमाडौ, २ चैत । १२ दिन लामो अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शनिबारदेखि राजनीतिक भेटवार्ता सुरु गरेका छन्।

सरकारी निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। शनिबार बिहानैबाट सुरु भएको भेटवार्तामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेतासँग भेटवार्ता गरेका हुन्।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका ओलीले अन्य नेता तथा सल्लाहकारसँग संयुक्त भेट गरेका हुन्।शनिबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेर पहिले प्रचण्ड र त्यसपछि नेपालले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...