पूजापाठ गर्दा नदीको पानी पवित्र होला ? दार्चुलामा भयो यस्तो

दार्चुला, २ चैत । कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् ।

दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (टोसा) अन्तर्गत यहाँ गठन गरिएका महिला समूहले एकसाथ पूजा गरेर सो दिवस मनाएका हुन् । व्याँस गाउँपालिका–५ को तिग्रम, महाकाली नगरपालिका–१ श्रीबगड, वडा नं ८ को दत्तु, उडै तथा चुच्चै, मालिकार्जुन गाउँपालिकाको वडा नं ७ जौलजीवी तथा लेकम गाउँपालिकाको वडा नं ३ राडमा गठन गरिएका महिला समूह सो कार्यमा सहभागी रहेका थिए ।

पछिल्लो समय पवित्र नदी दूषित हुँदै गएको भन्दै नदीलाई स्वच्छ राख्नुपर्ने सन्देश दिन पूजापाठ गरिएको ६० वर्षीया लीला सामन्तले जानकारी दिए । रासस

Loading...