हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’

काठमाडौ, २ चैत । धादिङका हिमेश पन्त पहिलो कमेडी च्याम्पियन बनेका छन् । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ को शनिबार भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै पन्त च्याम्पियन बनेका हुन् ।

च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारे । शनिबार भएको ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित थिए ।

Loading...