बिरामी रेफरमा लापरबाही, कोरोना भाइरस आशंकित बसमा चढेर धरान

विराटनगर । कोसी अस्पताल विराटनगरले कोरोना भाइरसको संक्रमण आशंकित बिरामीको रेफरमा गम्भीर लापरवाही गरेको पाइएको छ । कोरोना संक्रमण आशंकामा उपचाररत बिरामीलाई शुक्रबार अस्पतालले आइसोलेसन नभएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको थियो । एम्बुलेन्सको व्यवस्था नगर्दा उनीहरु बस चढेर शनिबार धरान पुगेका छन् ।

प्रतिष्ठानका आकस्मिक कक्ष प्रमुख डा. ज्ञानेन्द्र मल्लले बिरामी बसमा आएको बताए । उनले कोरोना संक्रमणको आशंका गरीएका विरामीलाई सरक्षित ल्याउनुपर्नेमा त्यस्तो नदेखिएको जानकारी दिए ।

बिरामीमा कोरोना संक्रमण देखीमा बसमा सवार अन्यमा पनि यो संक्रम फैलन सक्ने संम्भाना रहेको उनको भनाई छ । शनिबार धरान पुगेका विरामीको आज थ्रेट स्वाव लिएर परीक्षणका लागि काठमाडौ पठाइने भएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...