मदिराले खान्छ मान्छे !

काठमाडौ, २ चैत । मान्छेले मदिरा खान्छन् । प्रदेश –२ का जिल्लामा भने मदिराले मान्छे खाएको छ । अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन् जहाँ दैनिक कम्तिमा ८० हजार लिटर मदिरा उत्पादन हुन्छ ।

युरिया मल, सख्खर, प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ । मदिरा खाएर ठूलो संख्याामा ज्यान गएको तथ्यांकबाहेक दिनहुँ मदिराको मात लागेर मृत्यु हुनेको लेखाजोखा छैन । विषाक्त मदिरा पिउँदा केही समययता धनुषामा १४, महोत्तरीमा १४, बारामा ५ गरी ३३ जनाको मृृत्यु भएको छ ।

मदिरा पिउनाले ज्यानमात्र गएको छैन सामाजिक–आर्थिक हैसियत पनि सखाप भएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...