आईपीएल स्थगित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरसको सन्त्रासका कारण भारतमा आयोजना हुने क्रिकेट प्रतियोगिता स्थगित भएको हो ।

प्रतियोगिताको १३ औं संस्करण २९ मार्च तारिख देखि सुरु हुने कार्यक्रम थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुक्रबार प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय लिएको हो ।

बीसीसीआईका अनुसार आगामी अप्रिल १५ तारिखसम्मका लागि प्रतियोगिता स्थगित गरिएको हो ।

Loading...