प्रदेश २ को राजधानीका लागि आज मतदान

विराटनगर, १ चैत । प्रदेश २ को स्थायी राजधानीको विषयमा आज (शनिबार) प्रदेश सभामा मतदान हुँदैछ । स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि मतदान प्रक्रियाबाट टुंग्याउन लागिएको हो ।

राजधानिका विषयमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । नामका विषयमा भने दलहरु बिभाजित छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरण तथा राजधानी सम्बन्धी अध्ययन विशेष समिति सदस्य परमेश्वर साहले दुवै विषयमा गोप्य मतदान प्रक्रियाबाट निर्णय लिन प्रस्ताव पेस गरेका थिए ।

Loading...