‘१० रुपैयाँमा भरपेट खाना’ बन्द

विराटनगर, १ चैत्र । कोरोना भाइरसको संक्रमणबाट जोगिन आवश्यक सतर्कता अपनाउने भन्दै विराटनगरमा जारी रहेको १० रुपैयाँमा भरपेट खाना खुवाउने अभियान बन्द गरिएको छ ।

अभियानका संयोजक दिलीपकुमार धाडेवाले शुक्रबार विज्ञप्ति जारी गरी अभियान बन्द भएको जानकारी दिएको खबर आजको उद्घोष दैनिकमा छ ।

धाडेवाका अनुसार उक्त अभिययान ७४ दिनसम्म सञ्चालन भएको र ७० हजार बढी मानिसले १० रुपैयाँमा खाना खाएका थिए ।

Loading...