एकला चलो रे…

काठमाडौ, १ चैत्र । १२ दिनयता बेग्लै चहलपहल देखिएको त्रिवि शिक्षण अस्पतालको माहोल शुक्रवार साँझबाट फेरिएको छ । कारण, प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज ।

शुक्रवार साँझ डिस्चार्ज भएका उनी सोझै बालुवाटार गए । उनलाई बिदा दिएपछि अस्पताल सुनसान जस्तै बन्यो । उनी छँदा खुला रहने सबै ढोकामा ताला लागे । कोही न कोही भेटिइराख्ने अस्पतालका कार्यकारी निर्देशकको बैठक कोठामा पनि ताल्चा मारियो ।

उपचारको नेतृत्व गरेकी प्रा डा दिव्या सिंह शाह र प्रा डा सुवास आचार्य प्रधानमन्त्रीसँगै बालुवाटार पुगेका थिए । अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गा भने प्रांगणबाटै घरतिर लागे ।

शाह र आचार्यले बुधवार नै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनलाई राख्ने कोठादेखि भान्सासम्म र क्याबिनेट मिटिङदेखि भेटघाट गर्ने कोठासम्मको सेटअप मिलाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...