आजको मौसम : विहानै वर्षा, हावाहुरी र हिमपातको सम्भावना

विराटनगर । विराटनगर सहित देशका विभिन्न स्थानमा शनिबार विहानै हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अधिकांश भु–भागमा मौसममा सामान्य देखि पूर्ण बदली रहने छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

यस्तै शनिबार राति देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ । देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ् असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Loading...