लप्पन छप्पन २’ को ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

१२ वैशाख २०७७ मा प्रदर्शन हुने फिल्म ‘लप्पन छप्पन २’ को नयाँ गीत सार्वजनिक भएको छ ।

‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गरिएको गीतमा मिस्टर आरजेको शब्द तथा संगीतका साथै आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर रहेको छ ।

फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, देव कुमार, सुरविना कार्की, सृजना सिनाल, सुपर गुरुङ र शक्ति श्रेष्ठलगायतका कलाकारको अभिनय छ । फिल्मलाई मुकुन भट्टले निर्देशन गरेका हुन् ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

फिल्मको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेले लेखेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा चिज कुमार श्रेष्ठ र प्रजापति सिवाकोटी निर्माता, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना सहनिर्माता र प्रकाश कुँवर र निर्मल कुमार मिश्र कार्यकारी निर्माता हुन् ।

Loading...