प्रधानमन्त्री ओली डिस्चार्ज, भेटघाटमा अझै रोक

काठमाडौं, ३० फागुन । दोश्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास फर्किएका छन् ।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर शुक्रबार साँझ निवास फर्किएका हुन् ।


ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशन प्रा. डा. प्रेमराज खड्गाले बताए ।

अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री ओलीलाई भेटघाट र हिडडुलमा भने चिकित्सकहरुले रोक लगाएका छन् ।

उनलाई संक्रमणको जोखिम रहेको भन्दै नियमित भेटघाटमा रोक लगाइएको हो ।

अस्पतालबाट बाहिरिने क्रममा चिकित्सकहरुले समाएर गाडीसम्म ल्याउँदै गर्दा प्रधानमन्त्रीले अस्पताल परिसरमा भेला भएका शुभचिन्तकहरुलाई हाँसेर हात हल्लाउँदै अभिवादन गरेका थिए ।


बालुवाटारमा पनि प्रधानमन्त्री ओलीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिने छ । उनकी निजी चिकित्सक दिब्या सिंहले बालुवाटारमा नै फलोअप गरिरहने छिन् ।

Loading...