‘फास्ट एण्ड फ्यूरियस ९’ प्रर्दशन मिति एक वर्षपछि सर्‍यो

एजेन्सी, ३० फागुन । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण सिनेमा क्षेत्रलाई ठूलो असर गरेको छ ।

कोरोनाका कारण ठूलो बजेटका र बहुप्रतिक्षित फिल्महरूको प्रदर्शन मिति पछि सार्दै छायांकनसमेत धमाधम स्थगित गरिँदै छन् ।

यस्तैमा कोरोनाको संक्रमण फैलिने डरका कारण हलिउड फिल्म फिल्म फास्ट एण्ड फ्यूरियसको नवौं सिरिजको रिलिज मिति एक बर्षपछि सारिएको छ ।

आगामी २२ मेमा रिलिज हुने भनिएको फास्ट एण्ड फ्यूरियस ९ अब २ अप्रिल २०२१ मा रिलिज गरिने भएको छ ।

फिल्मको निर्माण कम्पनी युनिभर्सल स्टुडियोजले फिल्मो रिलिज एक वर्षपछि सारिएको जानकारी दिएको छ ।

यसअघि ‘जेम्स बण्ड सिरिजको फिल्म नो टाइम टु डाई’ को रिलिज पनि स्थगित गरिएको छ ।

Loading...