दैनिक १० घण्टा काम गर्दा झर्छ कपाल

विराटनगर, ३० फागुन । कपाल झर्नुका अनेक कारणमध्ये कामको तनावले पनि कपाल झर्ने गरेको पाइएको छ ।

दैनिक काम गर्ने समय र त्यसबाट लिइएको तनावले कपालमा असर गर्ने अध्ययनले पुष्टि गरेको छ ।

एनल्स अफ अक्युपेसनल एन्ड इन्भारोमेन्टल मेडिसिनमा प्रकाशित गरिएको अध्ययनमा उल्लेख गरिएअनुसार जति समयसम्म काम गरिन्छ त्यसको असर कपालमा पर्न जाने निष्कर्ष निकालेको छ ।

कपाल झर्नुलाई प्राकृतिक प्रक्रिया मानिए पनि अस्वभाविक रूपले दिनहुँ धेरै कपाल झर्ने समस्या चिन्ताको विषय बनिरहेको छ ।

महिलाहरू मात्र नभएर पुरुषहरूसमेत यसबाट पीडित हुन थालेका छन् ।

नेसनल हेल्थ सर्भेअनुसार हरेक व्यक्तिको दैनिक औसतमा ५० देखि १०० ओटा कपाल झर्ने गरेको पाइएको छ ।

दैनिक १० घण्टाभन्दा बढी काम गर्ने व्यक्तिमा अन्यको तुलनामा कपाल बढी झर्ने गरेको पाइएको छ ।

साथै, अध्ययनका अनुसार सातामा ५२ घन्टाभन्दा बढी काम गर्ने २० देखि ३० वर्ष उमेरको पुरुषमा महिलाहरूको तुलनामा यो समस्या बढी हुने पनि निष्कर्ष निकालिएको हो ।

Loading...