‘आमा’ आजबाट प्रदर्शनको चौथो हप्तामा प्रवेश

विराटनगर, ३० फागुन । शिवरात्रिको अवसर पारेर ९ फाल्गुनमा प्रदर्शनमा आएको ‘आमा’ आजबाट प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ’आमा’ क्यूएफएक्स चेनसहित केही हलमा चौथो हप्तामा प्रवेश गरेको हो ।

फिल्मले लगानी उठाएर नाफामा गएको पनि निर्माण टिमले स्पष्ट पारेको छ ।

दर्शकले फिल्मप्रति देखाएको माया र प्रदान गरेको उत्साहले अर्को राम्रो फिल्म बनाउन थप हौसला प्रदान गरेको निर्देशक दीपेन्द्रले बताएका छन् ।

फिल्मको माउथ पब्लिसिटी बलियो भएका कारण हलमा दर्शक आउने क्रम कायमै छ ।

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्म‘आमा’ मा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छन् ।

फिल्ममा यी दुईका साथ देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘आमा’ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको कथा निर्देशक खनाल स्वयंले लेखेका हुन् ।

Loading...