आईपीएल १७ दिन पछाडि सर्‍यो

एजेन्सी, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) को असर इण्डियन प्रिमियर लिग (आईपीएल) मा पनि परेको छ ।

कोरोनाको त्रासका कारण आईपीएल १७ दिन पछाडि सरेको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले कोरोना भाइरसको त्रासका कारण सो निर्णय लिएको हो ।

पछिल्लो निर्णय अनुसार अब आईपीएल अप्रिल १५ बाट सुरु हुनेछ ।

यसअघि आईपीएलको नयाँ संस्करण मार्च २९ बाट सुरु गर्ने तयारी थियो ।

बीसीसीआईले क्रिकेट प्रशंसकलाई सुरक्षित क्रिकेट अनुभव गराउने उद्देश्यले खेल पछाडि सारेको जनाएको छ ।

Loading...