सुन्दरताका लागि मीठो निन्द्राको जरुरी

विराटनगर, ३० फागुन । छालालाई स्वस्थ र चम्किलो राख्नका लागि मीठो निन्द्रा चाइने हुन्छ ।

नेचर सेल वायोलोजीको एक नयाँ अनुसन्धानले रातिको मीठो निन्द्राले छालालाई स्वस्थ राख्न सकिने पत्ता लगाएको हो ।

मुसा र तिनीहरूको कोलाजेनलाई अध्ययन गरी गरेको अनुसन्धानमा स्वस्थ छाला र रातिको निन्द्राबीच प्रत्यक्ष सम्बन्ध देखिएको हो ।

शरिरमा हुने प्रोटिनको २५ देखि ३५ प्रतिशत भाग कोलोजेनको हुन्छ ।

कोलाजेन एक्ट्रासेलुलर म्याट्रिक्समा पाइने मुख्य प्रोटिन हो ।

एक्ट्रासेलुलर मेट्रिक्सले शरीरको कोषहरूको संरचनामा मद्दत गर्ने हुँदा रातिको निन्द्राले एक्ट्रासेलुलर म्याट्रिक्सलाइ स्वस्थ राख्न, यसको कार्य सञ्चालन नियमित र सही ढंगले गर्न मद्दत गर्छ ।

अनुसन्धानबाट कोलाजेनको मोटो र पातलो गरी दुई प्रकारको संरचना पत्ता लागेको छ ।

कोलाजेनको मोटो संरचना १७ वर्ष पुग्दा नपुग्दै शरीरमा पूर्ण विकास भइसकेको स्थायी संरचना हो जुन मानिसको जीवन भर उस्तै रहिरहन्छ ।

कोलाजेनको पातलो संरचना भने सामान्य शारीरिक दबाबले सजिलै क्षति पुर्‍याउन सक्ने हुँदा यसरी पुगेको क्षति रातीको निन्द्राको समयमा आफै मर्मत हुने गर्छ ।

कोलाजेनको पातलको संरचनाले भित्रको स्थायी मोटो संरचनालाई दैनिक हुने शारीरिक दवावबाट बचाएर छाला च्यातिनबाट जोगाउने गर्छ ।

अनुसन्धानले सुन्दरताका लागि सुत्न अर्थात् ‘ब्युटी स्लिप’ सत्य भएको पनि पुष्टि गरेको छ ।

Loading...